Logo

बामदेव गाैतमको गीत सार्वजनिकः शब्द आफ्नै, मोडल पनि आँफै



Spread the love

१२ भदाै, काठमाडाैँ – नेकपाका उपाध्यक्ष वामदेव गौतमको शब्द रहेको गीत सार्वजनिक भएको छ । शुक्रबार उपाध्यक्ष वामदेव गौतमको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ भिडियो सहित सार्वजनिक भएको हो ।

शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा दिएको छ ।

उनको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतले स्वर भरेका छन् ।

विभिन्न भिडियो संयोजन गरेर निर्माण गरिएको छ भने बामदेव गौतम समेत केही भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्