Logo

गुल्मी जिल्ला खुल्यो तर सिमानाका बन्द, यस्तो छ अब लकडाउनको मोडालिटी



Spread the love

१२ भदाै, गुल्मी – गुल्मी जिल्लामा जारी गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट अन्त्य हुने भएको छ । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमणका बिरामी बढ्दै जान थालेपछि एक हप्ताअघि जिल्लामा निषेधाज्ञा घोषणा गरिएको थियो ।

पछिल्लो समय गुल्मी जिल्लामा कोरोना संक्रमणका बिरामी कम देखिन थालेपछि आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले सल्लेरी खबरलाई बताए ।

जिल्लाका गतिविधि खुले तापनि छिमेकी जिल्लासँग जोडिएका सिमा नाका भने ठप्प हुनेछन् । गुल्मी जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्टको नतिजा अथवा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ ।
साथै सिमा नाकामा थप कडाई र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी शर्माले उल्लेख गरेका छन् ।

यो समाचार तयार पार्दासम्म गुल्मी जिल्लामा तीन सय ६७ जना कोरोना संक्रमित भेटिएका छन् भने अहिले चार जना मात्र आईशोलेशनमा रहेका छन् । अन्य सबै निको भएर घर फर्किसकेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले बताए । यो तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीसँग प्रत्यक्ष जोडिएकाको हो ।

कोरोना संक्रमणबाट तीन जना गुल्मेलीले ज्यान गुमाइसकेका छन् ।

यस्तो छ गुल्मीमा लकडाउनको नयाँ मोडालिटी;


खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्