Logo

कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मुत्यु



Spread the love

१३ भदौ, जनकपुरधाम । शनिबार कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।

मुत्यु हुनेमा जनकपुरधाम नगराइन नगरपालिका वडा नं. ७ डेवडिहाका ६५ वर्षीय पुरुषमा मृत्यु पश्चात शुक्रबार कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ विशेष अस्पताल जनकपुरका संयोजक डा. जामुन प्रसाद सिंहले बताए।

लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्