Logo

कोरोना संक्रमणबाट पर्सामा थप ३ जनाको मृत्यु



Spread the love

१३ भदौ, वीरगञ्ज। कोरोना संक्रमणबाट पर्सामा थप तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति दुई जना र शनिबार बिहान एक जनाको ज्यान गएको नारायणी अस्पतालले जनाएको छ ।योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

शुक्रबार राति वीरगञ्ज महानगरपालिका १२ का ४३ वर्षीय पुरुषको पनि उपचारको क्रममा ज्यान गएको हो । संक्रमित ब्यक्ति हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित थिए ।

वीरगञ्जको नारायणी अस्पतालमा शुक्रबार मृत्यु भएकी वीरगन्ज महानगरपालिका १२ कि ६५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका २२का ३७ वर्षीय पुरुषको आज विहान उपचारको क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्