Logo

भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदै, दिनहुँ हजार बढीको मृत्यु



Spread the love

एजेन्सी। भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीब्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७६ हजार बढीमा संक्रमण देखिएको छ ।

एकैदिन भारतमा ७६ हजार ६ सय ६५ जना संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको संख्या ३४ लाख ६१ हजार २ सय ४० पुगेको छ ।

हिजो एकैदिन भारतमा एक हजार १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ६२ हजार ७ सय १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्