Logo

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मुत्यु



Spread the love

१३ भदौ, काठमाडौँ । शनिबार कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

एचआईभी र हेपाटाइटिस बीले ग्रसित वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको हेल्थ केयरमा उपचार हुँदै आएकोमा त्यहाँ बाट थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा मुग्लिङ नजिकै बाटोमा नै ज्यान गएको हो । योसँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

६५ वर्षकी महिलाको शुक्रबार उपचारको क्रममा नारायणी अस्पतालमा साँझ साढे ५ बजे मृत्युु भएको हो । उनी उच्च रक्तचापको समेत बिरामी थिइन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट हुत्यु हुनेको संख्या २०१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्