Logo

कोरोना संक्रमणबाट चितवन र पोखरामा दुई जनाको मृत्यु



Spread the love

१३ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा भदौ १० गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोनाकै कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । मिर्गाैलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्