Logo

नेपालमा आज ३१३ कोरोना संक्रमित निको भए, थप १२ जनाको मृत्यु



Spread the love

१३ भदौ, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ३१३ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्