Logo

छोराको विवाहमा सम्धिनी लिएर बुवा फरार…



Spread the love

१३ भदाै, एजेन्सी – बेहुलाका बुबाले बेहुलीकी आमा लिएर भागेपछि बेहुला बेहुलीको विवाह प्रभावित भएको छ । गुजरातको सुरत जिल्लामा भएको यो घटनाले धेरैलाई अचम्मित तुल्याएको छ ।

बेहुला र बेहुलीको प्रेम विवाह हुने तयारी थियो । । एक वर्षको प्रमपछि उनीहरू विवाह गर्न लागेका थिए । तर, सम्धी सम्धिनी भागेपछि विवाह प्रभावित भएको छ ।

बेहुला र बेहुली एक वर्ष पहिलेदेखि नै आफन्तसँग परिचित थिए ।

भारतीय मिडियामा उल्लेख गरिएअनुसार ४८ वर्षीय पुरूष र ४६ वर्षीय महिलाको युवा अवस्थादेखि नै एक आपसमा चिनजान थियो । उनीहरू त्यतीबेला प्रम सम्बन्धमा समेत रहेको बताइएको छ ।

पुरूषका नजिकका मान्छेका अनुसार उनीहरू युवा अवस्थामा हुँदा प्रेममा थिए । तर, उनीहरूको त्यतिबेला विवाह भएन ।

प्रतिक्रिया दिनुहोस्