Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम



Spread the love

१४ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १ हजार ६५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ९ हजार ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७८ हजार ४ सय ७२ जना संक्रमित हुँदा ९ हजार ४४ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३५ लाख ३९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २७ लाख १२ हजारभन्दा बढी निको भइसकेका छन् भने ६३ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमित अहिलेसम्मकै सबैभन्दा धेरै हुन् ।

प्रतिक्रिया दिनुहोस्