Logo

सिपिएलमा जमैकाको जीत, सन्दीपले लिए दुई विकेट



Spread the love

१४ भदाै, काठमाडाैँ – नेपाली क्रिकेटर सन्दीप लामीछाने सम्मिलित जमैका तलावाजले क्यारेवियन प्रिमियर लिग (सिपिएल) को आफ्नो छैटौं खेलमा जित हात पारेको छ । जमैकाले आइतबार (आज) बिहान भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको जित हात पारेको हो ।

क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङको ब्याटिङ रोजेको जमैकाले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउदै १४७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

जमैकाले दिएको दिएको १४८ रनको सामान्य पछ्याएको सेन्ट किट्सले निर्धारीत १९.४ ओभरमा सबै विकेट गुमाउदै ११० रन मात्र बनाउन सक्यो ।

सेन्ट किट्सकालागि कुनै पनि खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् । उसकालागि काइरन पवेल तथा इभिन लुइसले समान २१ रनको योगदान दिदा निक केलीले १६ रनको योगदान दिए ।
जमैकाकालागि कार्लोस ब्रेथवेटले ३, सन्दीप लामीछाने, फिडेल इडवार्ड र विरसामी पेरुमलले समान २ तथा मुजिब उर रहमानले १ विकेट लिए ।

जमैकाकालागि ओपनर ग्लेन फिलिप्सले उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए । ६१ बलको सामना गरेका उनले २ चौका तथा ६ छक्काको मदतमा अविजीत ७९ रनको योगदान दिँदा जेरमाइनी ब्ल्याकउडले २७ तथा नक्रुमह बोनरले १६ रनको योगदान दिए ।
सेन्ट किट्सकालागि कप्तान रायद इम्रिटले ३ ताथा इमरान खान, इश सोडी र शेल्डन कोटरेलले समान १ विकेट हात पारे ।

जमैकाको प्रतियोगीतामा यो तेस्रो जित हो । पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजीत गरेको जमैकाले दोस्रो खेलमा ट्रिन्बागो नाइटराइडर्ससंग ७ विकेटको तथा तेस्रो खेलमा गुयाना अमेजन बारियर्ससंग १४ रनको पराजय बेहारेको थियो । जमैकाले चौथो खेलमा गुयाना अमेजन बारियर्सलाई नै ५ विकेटले पराजीत गर्दा पाँचौ खेलमा बार्बाडोस ट्रिडेन्ट्ससंग ३६ रनको पराजय बेहोरेको थियो ।

६ खेलबाट समान ३ जित तथा हारको नतिजा निकालेको जमैको ६ अंकको साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्