Logo

कोरोना जितेर काममा फर्किए प्रहरी



Spread the love

१४ भदाै, काठमाडाैँ – महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारी कोरोना भाइरस सङ्क्रमणलाई जितेर नियमित जिम्मेवारीमा फर्किएका छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले ८१ जना सङ्क्रमितमध्ये १७ जना निको भएर नियमित काममा फर्किएको जानकारी दिनुभयो । ती सबै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा कार्यान्वयनमा खटिएका हुन् । निषेधाज्ञासँगै सडकमा सवारी चाप घटेका कारण निको भएकाहरू केही दिनको विश्रामपछि काममा फर्किएको जनाइएको छ ।

कोरोना सङ्क्रमित ट्राफिक प्रहरीमा सामान्य लक्षण मात्र देखिएकाले रोगलाई सहज ढङ्गले जितेको बताइएको छ । केही प्रहरी अझै क्वारेन्टाइनमा छन् ।

गोरखापत्रमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्