Logo

एकै दिन भेटिए १०२ जनामा कोरोना संक्रमित



Spread the love

१४ भदौ, चितवन । हिजो शनिबार चितवनका एकै दिन १०२ ठुलो संख्यामा कोरोना संक्रमण भएको रतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जनाएका छन् ।

धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन्। त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जनाकारी दिए।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा नमुनाको चाप बढेपछि परीक्षणका लागि काठमाडौं पठाएकोमध्ये धुलिखेलको परीक्षण प्रयोगशालामा शनिबार परीक्षण भएका ३९ वटा नमुनामध्ये चितवन खैरहनी नगरपालिकाका १२ वटा नमुनामा संक्रमण पत्ता लागेको छ । शनिबार मात्रै चितवनमा कूल ७३ जनामा संक्रमण भएको हो । योसँगै चितवनमा संक्रमितको संख्या ६ सय पुगेको छ ।

जिल्लाबाट नमूना सङ्कलन गरिएका १२० जनामा सङ्क्रमण देखिएको छ। १८ जना भने जिल्ला बाहिरका रहेको छन् ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ। तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्