Logo

सिपिएल – जमैका तलावाजको तेस्रो जित, सन्दिपले लिए २ विकेट



Spread the love

एजेन्सी। क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध जमैका तलावाजले तेस्रो जित निकालेको छ। जमैकाले शनिबार राति भएको खेलमा सेन्ट किट्सलाई ३७ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ थालेको जमैकाले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १४७ रन बनाएको थियो।

उसका लागि ओपनर ग्लेन फिलिप्सले सबैभन्दा बढी नटआउट ७९ रन जोडे। बलिङमा सेन्ट किट्सका रायद इमरिटको नाममा ३ विकेट रह्यो।

१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ‌ओभरमा ११० रनमै अलआउट भयो। उसका लागि इभिन लेविस र केइरन पावेलले सबैभन्दा बढी २१-२१ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा जमैकाका कार्लोस बाथवेटले ३ विकेट लिए। फिडेल इडवार्ड र विरास्वामी पेरमलले २-२ विकेट लिन सफल भए। त्यस्तै, सन्दीप लामिछाने ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिए।

जितसँगै ६ अंक जोडेको जमैका अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्