Logo

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु



Spread the love

१४ भदौ, काठमाडौं। पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

कोरोना संक्रमित २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

मृतक पुरुष ललितपुरका स्थायी बासिन्दा रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्