Logo

वुहानका विद्यालयमा पठनपाठन पुनः सञ्चालन हुँदै



Spread the love

एजेन्सी । कोरोनाभाइरसको उदगमस्थल चीनको वुहान राज्यका विद्यालयमा पठनपाठन पुनः सुरु हुने भएको छ । मंगलबारदेखि वुहानका २ हजार ८ सय ४२ विद्यालयमा पठनपाठन संचालन हुन लागेको हो ।

भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोल्न लागिएको भए पनि अनावश्यक भेला तथा आवश्यक सुरक्षाका उपाय अपनाउन सरकारले निर्देशन दिएको छ ।

कोरोना संक्रमण फैलिएपछि वुहानका १४ लाख वालवालिका विद्यालय जान बन्चित थिए ।

वुहानमा विश्वविद्यालयहरु भने शुक्रबारबाट नै खुला गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्