Logo

समयमै उपचार नपाँउदा अर्घाखाँचीमा सर्पले डसेर एक जनाको मुत्यु



Spread the love
महोत्तरीमा एक सातामा सर्पको टोकाइबाट तीनको मृत्यु | Hamro Doctor News

१४ भदौ, अर्घाखाँची । समयमै उपचार नपाउदा अर्घाखाँचीमा एक जना पुरुषको ज्यान गएको छ ।

जिल्लाको शितगङा नगरपालिका वडा नम्बर पाँचका ३५ वर्षिय यम बहादुर बेल्बासेको ज्यान गएको वडा अध्यक्ष कमल पौडेलले सल्लेरी खबरलाई जानकारी दिए । गए राती करिब १ बजेको समयमा उनलाई सर्पले डसेको बताईएको छ ।

ठाउँमा पहिरो गैई ग्रामीण क्षेत्रका सडक अबरुद्ध हुँदा समयमै अस्पताल पुराउन नसकिएको वडा अध्यक्ष पौडेलले स्वीकार गरेका छन । उनले भने ” मृतकको घर देखी ठाडा चाक्ला आउन झन्डै तीन घण्टा लाग्छ , एम्बुलेन्स जाने अबस्था छैन “।

गोरुसिङेमा उपचार सम्भव नभए पछि बुटवल लैजाने क्रममा आइतबार बिहान ८ बजे बाटोमै उनको मृत्यु भएको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्