Logo

सरकारले फेरी घटायो पीसीआर परीक्षणको शुल्क



Spread the love

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा लाग्ने शुल्क घटाएको छ।

आज आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले कोरोना परीक्षणको शुल्क घटाउने निर्णय गरेको मन्त्रालयका एक अधिकारीले बताए ।

उनका अनुसार मूल्य कति घटाइएको हो भन्नेबारे नियमित प्रेस व्रिफिङमै औपचारिक जानकारी दिइने छ । ती उच्च अधिकारीका अनुसार अब पीसीआर बिधिबाट गरिने परीक्षणका लागि अधिकतम रुपैयाँ २ हजार शुल्क तोकिएको जानकारी दिए । यसअघि सोका लागि ४ हजार ५ सय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्