Logo

हिमालय एयरलाइन्सको चार्टर उडान तालिका सार्वजनिक, कतार र साउदीमा कहिले ? कति लाग्छ भाडा ?



Spread the love

१४ भदाै, काठमाडाैँ – हिमालय एयरलाइन्सले छैठौं चरणको चार्टर उडान तालिका सार्वजनिक गरेको छ । एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्मको उडान तालिका सार्वजनिक गरेको हो ।

कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीहरूको उद्धारका लागि चार्टर उडान तालिका सार्वजनिक गरेको एयरलाइन्सलेउल्लेख गरेको छ। यसरी नेपाल पर्कन चाहनेका लागि देशअनुसारको तालिका एयरलाइन्सले बनाएको छ ।

एयरलाइन्सले सार्वजनिक गरेको तालिका अनुसार सेप्टेम्बर २,३,६,८,९,१७,२२,२३ र २९ मा माल्दिभ्स, कतार, साउदी अरेबिया र कुबेतबाट नेपालीको उद्धार गरिनेछ ।

सरकारको निर्णय तथा अनुमति अनुसार कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीहरूको उद्धारका लागि हिमालय एयरलाइन्सले उडान गरिरहेको छ । यसअघि नै एयरलाइन्सले पाचाैँ चरणमो उडान भरिसकेको छ भने छैठौं चरणको उडान सेप्टेम्बर २ तारिखदेखी सुरू हुनेछ ।

यस्तो छ हिमालय एयरलाइन्सले सार्वजनिक गरेको तालिका :-

  • सेप्टेम्बर २ तारिखमा माल्दिभ्सबाट उद्धार उडान गर्ने हिमालय एयरलाइन्सको तालिका रहेको छ । माल्दिभ्सबाट नेपाल फर्किनका लागि ४८० अमेरीकन डलर भाडा तोकिएको छ ।
  • कतारबाट सेप्टेम्बर ३,६, ८ र २३ तारिखमा उद्धार उडान हुनेछ । कतारबाट नेपाल फर्किनेका लागि ३९२ डलर भाडा तोकिएको छ ।
  • साउदी अरेबियाबाट ९, १७, २२ र २९ तारिखमा उडान हुनेछ । साउदी अरेबियाबाट नेपाल फर्किनेका लागि ४६५ अमेरिकन डलर भाडा तोकिएको छ ।
  • कुवेतबाट सेप्टेम्बर १५ तारिखमा उडान गरिने एयरलाइन्सले उल्लेख गरेको छ भने त्यहाँबाट नेपाल फर्किनेका लागि ४१० अमेरिकी डलर भाडा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्