Logo

आन्तरिक उडान तथा लामाेदुरीका यातयात भदौ मसान्तसम्म नहुने



Spread the love

१५ भदाै, काठमाडाैँ – सरकारले आन्तरिक उडान तथा लामाेदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो ।

आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रि परिषद बैठकले सो निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान भने शर्तसहित कायमै राख्ने सरकारले भनेको छ । कुनै हवाई कम्पनीले कोभिड १९ संक्रमणका लागि पीसीआर टेष्ट, होटल क्वारेन्टाइन सहितको खर्च व्यवस्थापनको जिम्मा लिएमा बाहिरबाट यात्रु ल्याउन सकिने बाटो सरकारले खुला राखेको छ ।

त्यस्तै, मन्त्रि परिषद बैठकले हङकङका लागि उदय राना र ल्हासाका लागि नवराज ढकाललाई महावाणिज्य दूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्