Logo

एकै चोटी थपिए १०१ जना काेराेना संक्रमित, अवस्था झन् भयावह



Spread the love

१५ भदौ, धनगढी । एक महिना अघि सामान्य रहेको कोरोना संक्रमण दिनप्रति दिन उच्च हुदैन गरेको छ । अहिले प्रदेश ७ सुदूरपश्चिममा एकै दिन १ सय १ जना कोरोना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पतालका आइसोलेशनमा गरी १ सय १ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। केही दिन यता अस्पतालका आइसोलेशनमा संक्रमितको संख्या बढेको छ।

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार सम्म सबैभन्दा बढी कैलालीको टीकापुर अस्पतालको आइसोलेशनमा ३४ जना, सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा २९ जना, महाकाली अस्पतालको आइसोलेशनमा २४ जना, जिल्ला अस्पताल अछामको आइसोलेशनमा १० जना र डोटी र डडेल्धुरा अस्पतालमा २/२ जना कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्