Logo

आज नेपाली बजारमा सुनको मूल्य कति ?



Spread the love

१५ भदौ, काठमाडाैँ। निरन्तर उकालाे लागेकाे सुनकाे भाउले आज फेरी बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्