Logo

राष्ट्रपति एलेक्जेन्डरको विरोधमा बेलारुसमा आन्दोलन चर्कँदै



Spread the love

एजेन्सी । राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोको विरोधमा बेलारुसमा आन्दोलनले उग्र रुप लिएको छ । निर्वाचनमा धाँधली गरेको भन्दै विपक्षी दलले राष्ट्रपतिको राजीनामाको माग गर्दै राजधानी मिंक्समा बृहत प्रदर्शन गरेको हो ।
हजारौं प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाउनुका साथै सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।

बेलारुसले सरकारविरोधी प्रदर्शनबारे रिपोर्टिङ गरेको भन्दै १७ जना विदेशी पत्रकारहरुलाई देश निकाला गरेको छ ।

प्रदर्शनकारीहरु राष्ट्रपति निवासतर्फ अघि बढेपछि प्रहरीले रोक्ने क्रममा झडप समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्