Logo

लद्दाखमा भारत र चीनका सेनाबीच फेरि झडप



Spread the love
लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप

१५ भदौ, काठमाडौं। भारत र चीनबीचको सीमा तनाव मत्थर हुँदै गएको अनुमान चलिरहेका बेला फेरि लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतले आरोप छ ।

बिबिसी हिन्दीले जनाए अनुसार चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतीय पक्षको आरोप छ । चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको भारत सरकारकाे दावी छ ।

भारतीय सेनाका जनसम्पर्क अधिकृत कर्णेल अमन आनन्दले अगस्ट २९ को राति चिनियाँ सेनाले दुई देशबीच भएको सहमति उल्लंघन गर्दै सैन्य गतिविधि अघि बढाएको उल्लेख गरेका छन् ।

भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा चीनको जनमुक्ति सेना (पीएलए)ले उक्साउने खालका गतिविधि गरेको र भारतीय सेनाले रोकेको उल्लेख गरिएको छ । भारतीय सेनाले विवादको समाधानका लागि ब्रिगेड कमान्डरको तहमा छलफल भइरहेको पनि जानकारी दिएको छ ।

कश्मीरसँग जोडिएको लद्दाख क्षेत्रको विषयलाई लिएर चीन र भारतबीच बेला बेला विवाद हुँदैआएको छ । यसअघि भुटानसँग जोडिएको सीमाक्षेत्र दोक्लममा पनि चिनियाँ सेनासँग भारतीय सेनाको भिडन्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्