Logo

टर्कीका राष्ट्रपतिले दिए फ्रान्स र ग्रीसलाई चेतावनी



Spread the love

एजेन्सी । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन फ्रान्स र ग्रीसमाथि खनिएका छन् । पूर्वी भूमध्यसागर टर्कीको ऊर्जा खोज अभियानलाई फ्रान्स र ग्रीसले चुनौती दिएको छ । यसै कारण अर्दोआन रिसाएका छन् ।

पूर्वी भूमध्यसागरमा ऊर्जा भण्डारको खोजीका लागि ग्रीस र टर्कीबीच निकै मनमुटाव चलिरहेको छ । टर्कीविरुद्ध फ्रान्स पनि खुल्ला रुपमा ग्रीसलाई साथ दिइरहेको छ ।

अर्दोआनले आफ्नो अधिकारीलाई भनेका छन्, ‘ग्रीस र फ्रान्सले आफ्ना लोभी र असक्षम नेताका कारण भोग्नु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्