Logo

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको निधन



Spread the love

१५ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

कपिलबस्तुको तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो स्वास्थ्यकर्मीमा देखिएको पहिलो संक्रमण हो ।

भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले जानकारी दिए ।

तौलिहवा अस्पतालमा ६७ जनाले काम गर्छन् । जिल्ला स्वास्थ्य कार्यालयले अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी र उनीहरुको परिवारका सदस्यहरुमा कोरोना परीक्षणको तयारी गरिएको बताए । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । संक्रमितको रुपन्देहीको बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्