Logo

कोरोना संक्रमणबाट ४ बर्षीया बालिकाको मृत्यु



Spread the love

१५ भदौ, जनकपुरधाम । कोरोना संक्रमणबाट महोत्तरीमा ४ बर्षीया बालिकाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा महोत्तरीको मनरा सिस्वा गाउँपालिकाकी ४ बर्षीया बालिकालाई उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।

गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए लगतै उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा हिजो भदौ १४ गते दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्