Logo

आज ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१५ भदौ, काठमाडौं । आज आइतबार थप ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ३ सय २२ ले बढेको छ ।

२४ घण्टा याता ८ सय ९९जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १९०, सर्लाहीका १०३ जना, चितवनका ७१, मकवानपुरका ४२, भक्तपुरका ४१, सुर्खेतका ३८, ललितपुरका ६७, पर्साका ३४, धनुषाका ३१, तनहुँका २६, सुनसरीका २५, बारा र अछामका २३/२३ जना, सप्तरीका २२, मोरङका १९, कैलालीका १६, बाँकेका १४, काभ्रे र गोरखाका १३/१३ जना र रुपन्देहीका ११ जना, संखुवासभा र नवलपुरका ९/९ जना, सिन्धुली र कञ्चनपुरका ७÷७ जना, महोत्तरीका ६, झापा र सिराहाका ५/५ जना, बाग्लुङका ४, कास्की र नवलपरासीका ३/३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २/२ जना तथा खोटाङ, ओखलढुंगा, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्