Logo

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मृत्यु



Spread the love

१५ भदाै, एजेन्सी– भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मृत्यु भएको छ । सोमबार उनको मृत्यु भएको हो ।

उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको जानकारी दिएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी केही दिनदेखि अस्पतालको कोमामा थिए ।

मुखर्जीको ८४ वर्षको उमेमा निधन भएको हो ।

मस्तिष्क सर्जरीका लागि सैनिक अस्पताल भर्ना भएका मुखर्जीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो घण्टा उनको स्वास्थ्य अवस्था झन खराब हुँदै गइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्