Logo

साउदी अरेबियाबाट नेपाल फर्किने तयारीमा हुनुहुन्छ ? यसरी लिनुहोस् एक्जिट भिसा



Spread the love

काठमाडाैँ । यदी तपाई साउदी अरेबियामा हुनुहुन्छ र नेपाल फर्किने तयारीमा हुनुहुन्छ भने तपाईलाई एक्जिट भिसा आवश्यता पर्छ । एक्जिट भिसा नभइकन साउदी अरेबियामा काम गर्न जानेहरू स्वदेश फर्किन नपाउने व्यवस्था छ ।

साउदीमा गएपछि नै अकामा नबनाइदिएका, पाँच महिनाभन्दा लामो समयदेखि अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका तथा कम्पनी छाडेकाहरुले यो समयमा स्वदेश फर्कनका लागि चाहिने बहिर्गमन भिसा (एक्जिट भिसा) का लागि निवेदन दिन सकिन्छ ।

मलेशियास्थित नेपाली राजदुतावासले एक्जिट भिसा लिनका लागि कागजात पठाउनेबारे सुचना जारी गरेको छ । सो सुचनामा एक्जिट भिसाका लागि के के कागजात अावश्यक पर्छ भन्ने समेत उल्लेख गरिएको छ ।

* ०५०००२१४०९ मा ह्वाट्स्एपमार्फत कागजात पठाउने

निवेदन दिँदा दुतावासमा के के पठाउने ? 

१. पासपोर्टमा आफ्नो फोटो रहेको पाना

२. इकामा( पाँच महिनाभन्दा लामो समयदेखि सकिएको भएमामात्र)

३. अकामा नबनाएको भएमा साउदी जाँदा साउदीको एअरपोर्टमा अध्यागमन काउन्टरमा लेखिएको बोर्डर नम्बर(यस्तो नम्बर अरबी भाषामा पासपोर्टको पानामा लेखिन्छ)

प्रतिक्रिया दिनुहोस्