Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

१६ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ९ हजार ६० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ८ हजार १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७८ हजार ७ सय ७० जना संक्रमित हुँदा ८ हजार १८ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३६ लाख ८७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २८ लाख ३७ हजारभन्दा बढी निको भइसकेका छन् भने ६५ हजार ४ सय ३५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्