Logo

एकै जिल्लामा थपिए १९ जना कोरोना संक्रमित



Spread the love

१६भदौ, वीरगञ्ज । मंगलबार एकै जिल्लाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार राति नारायणी अस्पतालमा ४ सय १० जनाको स्वाब परीक्षण गर्दा पर्साका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुने अधिकांश २३ वर्षदेखि ६८ बर्ष उमेर रहेका छन् भने संक्रमण हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ र १२ मा २/२ जनामा, वडा नम्बर ११,१४ र १६ मा १/१ जना, कालिकामाई गाउँपालिका ५ मा पाँच जना, बिन्दवासिनी गाउँपालिका २ मा १ जना र ठेगाना खुल्न नसकेका पर्साका दुई जनामा पनि संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्