Logo

एकै ठाउँका ११ जना प्रहरीलाई कोरोना संक्रमण



Spread the love

१६ भदौ, बुटवल। मंगलबार एकै बुटवल जिल्लाका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका २४ जनाको स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमण हुनेमा सबै पुरुष रहेका छन् ।

 संक्रमण देखिएकाहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्स्टिच्युटको आइसोलेशनमा छन्।

प्रतिक्रिया दिनुहोस्