Logo

थप ४० जना कोरोना संक्रमित थपिए



Spread the love

१६ भदौ, चितवन । मंगलबार चितवनमा थप ४० जना कोरोना संक्रमण थपिएका छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा परीक्षणमा चितवनका १५ सहित २० जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनकै थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार राति ११ बजे प्राप्त विवरणअनुसार १८ देखि ७३ वर्ष उमेर समूहका २० जनामा संक्रमण भएको छ । संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न ७ वटा वडाका ३४ देखि ६५ वर्षसम्मका ६ पुरूष र १८ देखि ५५ वर्षसम्मका ५ महिला छन् । यस्तै राप्तिका १ पुरूष र २ महिला तथा रत्ननगरका १ पुरूषमा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालकै ल्यावमा भएको परीक्षणमा नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एक–एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्