Logo

सबस्टेशन निर्माणमा ढिलाइ, विद्युत् आपूर्तिमा समस्या



Spread the love

सुर्खेतको सुब्बाकुनामा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइले विद्युत् आपूर्तिमा समस्या देखिएको छ।

चार वर्षदेखि सुब्बाकुनामा सबस्टेशन निर्माणको प्रक्रिया अघि नबढ्दा कर्णालीका पाँच जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको हो।

सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ।

हाल सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा विद्युत् आपूर्ति पटकपटक अवरुद्ध हुँदै आएको छ।

नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालयका अनुसार सुब्बाकुनामा १३२ केभी र जहरेमा ४०० केभी प्रसारण लाइनको काम पूरा भएपछि विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुनेछ।

जाजरकोटको नलगाड नगरपालिका–७ दानीपीपलमा ४०० केभी प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ।

त्यस्तै जाजरकोटको चौखामा सवस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको आधारभूत तयारी पूरा भइसकेको छ।

प्राधिकरणका प्रदेश कार्यालय प्रमुख सुरेन्द्र अग्रहरिले निर्माण तयारीमा रहेका नलगाड, तासुगाड र जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन र सबस्टेशन निर्माणकार्य छिटो सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताए।

(रासस)

प्रतिक्रिया दिनुहोस्