Logo

ईलाका प्रहरी कार्यालयका ११ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

१६ भदौ, बुटवल। ईलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरी कोरोना संक्रमित भएका छन् । कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा ११ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

यसअघि ईलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्टीङमा हिंड्ने ४ प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

स्वाब संकलन गरेर पठाइएकामध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य केहिको रिपोर्ट आउन बाँकी रहेको समेत प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्