Logo

१४ दिने नाबालक, प्रहरी, पत्रकार, बैंकका कर्मचारीसहित ३९ जनामा कोरोना संक्रमण



Spread the love
No photo description available.

१६ भदौ, पोखरा । एक महिना पहिला सामान्य रहेको कोरोना अहिले दिनप्रति दिन उच्च हुँदै गएको छ भने अहिले यस्तै गण्डकी प्रदेशमा नेपाल प्रहरी, पत्रकार, बैंकमा कार्यरत कर्मचारीसहित थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ पुगेको छ ।

लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुईजना र बागलुङमा एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, जमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन् । उनीहरु सबैकै पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।

यस्तै, सामुदायिक अस्पतालमै कार्यरत एकजना, ग्लोबल आईमईमा कार्यरत पाँचजना, नेपाल प्रहरीमा कार्यरत चारजना र बेसीसहर-७ का २८ बर्षीय एकजना महिला पत्रकार संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्