Logo

आज १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१६ भदौ, काठमाडौं । आज आइतबार थप १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ सय ७०ले बढेको छ ।

२४ घण्टा याता १ हजार ६९ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३०, रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३/१३ जना, मोरङ र बैतडीका १२/१२ जना तथा धनुषा, दोलखा र धादिङका ११/११ , अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८/८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६/६ जना, रौतहट र तनहुँका ५/५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४/४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

नेपाल कुल कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ भने हालसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्