Logo

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे भोलि निर्णय हुने



Spread the love

१६ भदौ, काठमाडौ । कोरोना भाइरस तीब्र गतिमा फैलिएपछि लगाइएको काठमाडौं उपत्यकाका निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले वुधवार वेलुकादेखि निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा छलफल गरेका हुन् ।

दोस्रोपटक थपिएको निषेधाज्ञा बुधवार मध्यरातसम्म कायम रहेकाले त्यसपछिको निषेधाज्ञावारे औपचारिक निर्णय भने भोली मात्रै हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्