Logo

अभिभावक बिहिन विद्यार्थीलाई धुर्कोट गाउँपालिकाद्वारा शैक्षिक सामग्री वितरण



Spread the love

१६ भदौ, गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकाले अभिभावक गुमाएका विद्यार्थीहरुलाई नि:शुल्क शैक्षिक सामग्री प्रदान गरेको छ । मंगलबार गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो।

साथै, ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराने गाउँपालिकाको लक्ष्य रहेको छ । बुबा आमाबाट संरक्षण नपाएपछि अध्ययनमा समस्या झेल्दै आएका विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले सल्लेरी खबरलाई बताए ।

पहिलो चरणमा विद्यार्थीहरुलाई स्वेटर, दुई थान पोसाक र झोला हस्तान्तरण गरिएको छ । गाउँपालिकाको केन्द्र बर्बोटमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष शिब बहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी लगायतको सहभागी रहेको थियो ।

त्यस्तै, शुल्क शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु पनि हर्षित बनेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्