Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

१७ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ८ सय १८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७८ हजार १ सय ९६ जना संक्रमित हुँदा १ हजार २५ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३७ लाख ६६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २८ लाख ९८ हजारभन्दा बढी निको भइसकेका छन् भने ६६ हजार ४ सय ६० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्