Logo

१३ जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिए लगतै अस्पताल सिल



Spread the love

१७ भदौ, काठमाडौँ । आज बुधबार एकै दिन ठुलो संख्यामा वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिए लगतै अस्पताल सिल गरेको छ ।

मंगलबार मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताएका छन् ।

मंगलबार कोरोना देखिएकोमा एक चिकित्सक, ६ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगीमा देखिएको छ ।

ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि बुधबार र बिहिबार अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्