Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१७ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार १ हजार ६९ जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार ६९ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३०, रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३/१३ जना, मोरङ र बैतडीका १२/१२ जना तथा धनुषा, दोलखा र धादिङका ११/११ , अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८/८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६/६ जना, रौतहट र तनहुँका ५/५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४/४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

नेपाल कुल कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ भने हालसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ। यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ६०१
मोरङ– १,४६१
सुनसरी– ८०७
उदयपुर– १४६
इलाम– ९९
पाँचथर– १६
तेह्रथुम– ३०
धनकुटा– ३९
भोजपुर– ११
खोटाङ– ३७
ओखलढुङ्गा– ४३
सोलुखुम्बु– १३
शंखुवासभा– ३०
ताप्लेजुङ– १८
पर्सा– १,७८१
बारा– ९७७
रौतहट– १,८८६
सर्लाही– १,७६३
मोहत्तरी–१,२९४
धनुषा– १,५७०
सिराहा– ४८९
सप्तरी– ७७३
चितवान– ७९५
धादिङ– २३५
रसुवा– १९
नुवाकोट– ८४
सिन्धुपाल्चोक– १००
दोलखा– ६४
रामेछाप– ७३
काभ्रेपलाञ्चोक– २२५
ललितपुर– ७२९
भक्तपुर– ५२६
काठमाडौँ– ४,८१७
सिन्धुली– ८४
मकवानपुर–५१४
पूर्वी नवलपरासी– २७३
तनहुँ– २९५
स्याङ्जा– ३२९
पर्वत– १११
बाग्लुङ– ३११
कास्की– ३३४
लमजुङ– २२७
गोरखा– १९२
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ४५८
रुपन्देही– १,०२८
पाल्पा– ५९३
कपिलवस्तु– १,१४९
अर्घाखाँची– ३८०
गुल्मी– ४९१
प्यूठान– ४५६
दाङ– ७१५
रोल्पा– ८२
पूर्वी रुकुम– ४६
बाँके–१००१
बर्दिया– ३५६
सल्यान– ३१७
सुर्खेत– ७६२
दैलेख– १०५६
जाजरकोट– ५७
पश्चिम रुकुम– ५२
कालिकोट– ९१
जुम्ला– १३६
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,५३७
कञ्चनपुर– ६६८
डडेल्धुरा– ३४१
डोटी– १३७
अछाम– ९१६
बाजुरा– ६२५
बझाङ– ४३४
बैतडी– ३४४
दार्चुला– ५७

प्रतिक्रिया दिनुहोस्