Logo

रसेलको आक्रामक अर्धशतकका बाबजुद जमैका पराजित, सन्दिपले लिए १ विकेट



Spread the love

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा ट्रिनबागो नाइट राइडर्सले नेपाली राष्ट्रिय खेलाडी सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजलाई १९ रनले पराजित गरेको छ।

मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको ट्रिनबागोले निर्धारित ओभरमा ४ विकेटको नोक्सानीमा १८५ रन बनाएको थियो । ट्रिनबागोको लागि कोलिन मुनरोले सर्वाधिक ६५ रन बनाए । यस्तै कप्तान काइरन पोलार्डले अविजित ३३ रन बनाए जुन क्रममा १६ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

जमैकाको बलिंगमा कार्लोस ब्राथवेटले २ विकेट लिंदा सन्दिप लामिछाने ४ ओभरमा २० रन खर्चिएर १ विकेट लिए भने फिडेल एडवार्ड्सको नाममा पनि १ विकेट रह्यो।

विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले२० ओभरमा ६ विकेटको क्षतीमा १६५ रन मै समेटियाे। जमैकाको लागि आन्द्रे रसेलले अर्धशतक प्रहार गरेता पनि जित दिलाउन सकेनन्। अविजित ५० रन बनाएका रसेलले अन्तिम बलमा छक्का प्रहार गर्दै २३ बलमा अर्धशतक पुरा गरेका थिए। ओपनर ग्लेन फिलिप्सले ४१ , क्रुमाह बोनरले २६ तथा जर्माइन ब्ल्याकवुडले १२ रनको योगदान दिए।

ट्रिनबागोको लागि फवाद एहमदले २ विकेट तथा अकिल होसन, खरी पिएरे, सुनिल नारायण र ड्वेन ब्राभोले समान १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्