Logo

कोरोना संक्रमणबाट पाटन अस्पताल र रूपन्देहीमा दुई जनाको मृत्यु



Spread the love

१७ भदौ, काठमाडौं। कोरोना संक्रमणबाट पाटन अस्पतालमा गएराति भक्तपुरका ४० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

चार दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि सोही अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको थियो ।

त्यस्तै, भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको गएराति ज्यान गएको छ। मृत्यु हुने महिला नवलपरासी पश्चिम, रामग्राम–५ की हुन् ।

उनमा मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या समेत थियो । उनी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालवाट भदौ १५ गते भीम अस्पताल उपचारका लागि रिफर भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्