Logo

हालसम्म नेपालमा सबैभन्दा कम जोखिम रहेका २९ जिल्ला !



Spread the love

१७ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामानै संक्रमित भेटिएसंगै उच्च जोखिममा रहेको छ । अहिले कुनै ठाउँ कोरोना भाइरस सङ्क्रमणको त्रासले जहीँतहीँ सिल गर्दै आएका छन् ।

पछिल्लो समय सामान्य रहेको कोरोना लक डाउन खुकुलो हुदा झन् झन् कोरोना संक्रमण देखिन थालेका छन् । अहिले गाउँ भन्दा पनि सहर निकै जोखिम बनेको छ । अझ हामीले आफै सचेत भएनौँ भने झन् संक्रमणको तिब्र रुप लिने सक्ने डब्ल्यूएचओले जनाएको छ ।

नेपाल कुल कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ भने हालसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ। यो दिउसो २ बजेसम्मको अपडेट अनुसार १०० भन्दा तल रहेका २९ वटा जिल्ला रहेका छन् ।  त्यसैगरी सबै भन्दा कम संक्रमित भेटिने जिल्लाको सूचिमा मनाङ, मुस्ताङ र हुम्लामा रहेका छन्।

१. मनाङमा- १
२. मुस्ताङमा – ३
३. हुम्लामा- ५
४.डोल्पा– ६
५. भोजपुर– ११
६. मुगु– १३
७. सोलुखुम्बु– १३
८. पाँचथर– १४
९. ताप्लेजुङ– १८
१०. रसुवा– १९
११. शंखुवासभा– १९
१२. तेह्रथुम– ३०
१३. शंखुवासभा– ३०
१४. खोटाङ– ३७
१५. धनकुटा– ३९
१६. ओखलढुङ्गा– ४३
१७. पूर्वी रुकुम– ४६
१८. म्याग्दी– ५२
१९. पश्चिम रुकुम– ५२
२०. दार्चुला– ५७
२१. जाजरकोट– ५७
२२. दोलखा– ६४
२३. रामेछाप– ७३
२४. रोल्पा– ८२
२५. सिन्धुली– ८४
२६. नुवाकोट– ८४
२७. कालिकोट– ९१
२८. इलाम– ९९
२९. सिन्धुपाल्चोक– १००

प्रतिक्रिया दिनुहोस्