Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

१७ भदौ, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा १ हजार २ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्