Logo

आज १ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१७ भदौ, काठमाडौं । आज आइतबार थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ सय ३१ ले बढेको छ ।

२४ घण्टा याता १ हजार १ सय २० जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ३५०, ललितपुरका २९ , भक्तपुरका ९, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका १, झापाका ११, धनकुटाका २, पाँचथरका १, भोजपुरका ३, मोरङका ५३, सुनसरीका ७२, धनुषाका ६३, पर्साका ४९, बाराका २३, महोत्तरीका ३१, रौतहटका १८, सप्तरीका १२, सर्लाहीका ५०, सिराहाका १५, काभ्रेका १, चितवनका ४३, धादिङका २, नुवाकोटका १, मकवानपुरका ३३, रामेछापका २, सिन्धुपाल्चोकका २, सिन्धुलीका १, कास्कीका २४, गोर्खाका १, तनहुँका ४, नवलपरासीपुर्वमा १६, पर्वतका १, लमजुङका १९, स्याङजाका १, अर्घाखाँचीका १, दाङका ६, नवलपरासीका ३, पाल्पाका १, प्युठानका २, वर्दियाका ५, बाँकेका ४१, रुपन्देहीका २७, रोल्पाका १, कालिकोटका २१, जुम्लाका ३७, दैलेखका १, डढेलधुराका १, अछामका १, कञ्चनपुरका ३, कैलालीका १३, बझाङका ९ तथा बैतडीका १ जना संक्रमित थपिएका हुन्।

नेपाल कुल कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ भने हालसम्म २३ हजार २ सय ९० जना डिस्चार्ज भएका छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्