Logo

मेटामोर्फिक मेनिफेस्टोमा आयुष्मानमा यस्तो अवतारमा देखिए



Spread the love

काठमाडौं। पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिएका छन् ।

उनले एक छोटो चलचित्रका लागि आफ्नो गेटअपनै परिवर्तन गरेका छन् । गेटअप अहिलेसम्म कुनै पनि चलचित्र र म्युजिक भिडियो भन्दा फरक गरेका छन् भने उक्त तस्बिरलाई भने दर्शकले निकै रुचाए भने निकै राम्रो प्रतिक्रिया पाएको नायक जोशीले बताए ।

आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी ते’श्रो लि’ङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि फरक खालको तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’

आयुष्मानले यो सिरिजको कथा हो भनेका छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो ।

प्रतिक्रिया दिनुहोस्