Logo

काठमाडाैँमा थपियो निषेधाज्ञा, के गर्न पाइने, के गर्न नपाइने ? (पूर्ण विवरण)



Spread the love

१७ भदौ, काठमाण्डाै। कोरोना संक्रमण दिनप्रति दिन बढ्दै गएपछि काठमाण्डाै उपत्यकामा थप एक निषेधाज्ञा लम्बिएको छ ।

बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

काठमाडाैँ उपत्यकामा यो सहित तेश्रो पटक निषेधाज्ञा गरिएको हो । यसभन्दा अगाडी भदाै ३ गतेदेखि १० गतेसम्म पहिलो पटक निषेधाज्ञा गरिएको थियो । उपत्यकामा कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै १० गतेबाट १७ गतेसम्म लागु हुनेगरी दोश्रो चरणको निषेधाज्ञा गरिएको थियो ।बुधबार थपिएको निषेधाज्ञा २३ गते राती १२ बजेसम्मका लागि लागु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्